कास्कीमा एसपी रानाको एक्सनः २ महिनामा ३५५ मुद्दा दर्ता, ६७० बढी कारबाही

कास्की, असार २४। पर्यटकीय नगरी पोखरा सुरक्षाको दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिन्छ । जसको कारण कास्की जिल्लामा सुरक्षा प्रमुखका रुपमा आउन धेरै लालाहित हुने गर्दछन् ।

काम देखाउने ठाउँका रुपमा यो जिल्लालाई लिने गरिन्छ । यहाँ आएका कमै सुरक्षा प्रमुख छोटो समयमा राम्रो उपलब्धी हासिल गर्न सफल भएका छन् ।

तर पनि आफू कार्यालय प्रमुखका रुपमा आएका कास्की जिल्लाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाले निकै राम्रो उपलब्धी हासिल गर्न सफल देखिएका छन् ।

उनी कास्की प्रमुखका रुपमा आएको दुई महिनामै कस्की प्रहरीमा ३५५ वटा मुद्दा दर्ता भएका छन् ।

कास्कीका प्रहरी प्रमुख ओम रानाका अनुसार गएको वैशाख ३१ गतेदेखि अहिले असार २० गतेसम्मको तथ्यांकमा सो मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको हो ।

“विगतमा समान्य हिसाबले सहजीकरण गर्दा अपराध र अपराधीक क्रियाकलापसँगै शान्ति सुरक्षालाई चुनौती दिएको देखिएको थियो ।’ उनले भने, ‘तर मुद्दा नै चलाउने प्रक्रिया शुरु भएपछि यो क्रम रोकिएको छ ।’

प्रहरीले सक्रियता बढाएसँगै पक्राउ पर्ने र मुद्दा दर्ता हुने क्रम समेत बढेको छ। उनका अनुसार उक्त मुद्दामा अहिलेसम्म ८० महिला सहित ६७० जनालाई कारबाही गरिएको छ ।

यता प्रहरीले विभिन्न कारबाही अभियानसमेत तीब्र पारेको छ । जस अनुसार वाइक मोडीफाई गर्ने ११३ जना कारबाहीमा परेको उनले जानकारी दिए।

यस्तै मिटरमा जान नमान्ने ९३ वटा ट्याक्सी, सिट क्षमता भन्दा बढी बोक्ने ३९ विना लाईसेन्स चलाउने ३६०, फुटपाथमा पार्किङ गर्नै ३ सय ९९ वटा सवारी समेत कारवाहीमा परेका छन् ।

यस्तै ठुलो परिमाणमा लागे औषध सहित ६० जना कानुनी कारवाहीमा परेका छन् । यस्तै ठुलो परिमाणमा गाँजा फँडानी र नष्ट तथा घरेलु मदिरा नष्ट गरेको उहाँको भनाई छ ।

यस्तै विरौटा प्रहरीले पनि विभिन्न उपलव्धीमुलक काम गरेको छ । जसअनुसार फरार रहेका ५८ जना अपराधिलाई पक्राउ गरेको , योन व्यवसायमा संलग्न ७८ जना, जुवा तास सहित ७१ जना, नदीजन्य चोर निकासीमा ४ जनालाई पक्राउ गरी कारवाही गरिएको जनाईएको छ ।

यस्तै प्रहरीले सामाजिक कर्या अन्तरगत स्कुल शिक्षा, कुकुर सहितको चेकजाँच प्रहरी हाम्रो टोलटोलमा अभियान समेत चलाएको छ ।

उनले कास्कीमा चोरी, लुटपाट, कालोबजारी न्यूनिकरण गर्दै न्यायिक निकायसंगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारवाहीलाई एक्सनकै रुपमा कामबाट देखिने भन्दै कास्कीलाई गण्डामुक्त क्षेत्रका रुपमा थापित गराउन आफु सक्रिय हुने समेत बताए ।

कमेन्ट गर्नुहोस्