उपकुलपतिलाई फर्काइएको बारे गृहमन्त्री यस्तो भन्छन्

काठमाडौं, असार २४ । अनुमति नलिई विदेश भ्रमणमा जान लागेकाले उपकुलपतिलाई विमानस्थलबाट फर्काइएको सरकारले जानकारी गराएको छ ।

शनिबार क्यानडा प्रस्थान गर्न लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विनाकारण त्रिभुवन विमानस्थलबाट फर्काएको थियो ।

राष्ट्रियसभाका सांसद्हरूले उपकुलपति कोइराला फर्काएको बारे जिज्ञासा राख्दा सम्बन्धित निकायको अनुमति नलिई विदेश भ्रमणमा जान लागेकाले रोक लगाइएको सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रष्ट पारे ।

उनले यसबारे विस्तृत जानकारी गृह मन्त्रालयमा नआइपुगेको भए पनि गृह मन्त्रालयलाई प्राप्त जानकारीअनुसार उपकुलपति कोइरालाले सरकारको अनु्मति नलिएको बताए ।

राष्ट्रियसभा बैठकमा गृहमन्त्री थापाले भने, ‘विदेश भ्रमण या अन्य अन्य कतै जानुपरेमा सरकार या सम्बन्धित निकायको अनुमति लिनुपर्छ । उहाँले अनुमति नलिनुभएको मैले बुझेको छु ।’

कमेन्ट गर्नुहोस्