सरकारले धन्यवाद नदिएको प्रति सिइओ भुसालको गुनासो

काठमाडौं, असार २४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अवकासप्राप्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारप्रति गुनासो गरेका छन् । पदमुक्तको पत्रमा आफूलाई धन्यवादसमेत नदिएकोप्रति उनको गुनासो थियो ।

आइतबार प्राधिकरणको कार्यकक्षमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा सिइओ भुसालले सरकारले पठाएको अवकास पत्र पढेर सुनाउँदै आफूले गरेको काममा लागि धन्यवाद नदिँदा दुःख लागेको बताउँदै सरकारले चालेको कदमको भने स्वागत गरेको उल्लेख गरे ।

आफ्नो साढे ८ महिना कार्यकाल सफल र उल्लासमय ढंगले बितेको उल्लेख गर्दै अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए ।

उनले सरकारले आफूलाई लक्षित गरि पदमुक्त गरेको नभई २०७४ भदौ १४ देखि फागुनसम्म अघिल्लो सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई सेवामुक्त गरेकोले त्यसमा आफ्नो कुनै गुनासो नरहेको बताए ।

कमेन्ट गर्नुहोस्