क्याम्पस प्रमुखसहित पाँच जनालाई कार्यकक्षमै थुने विद्यार्थीले

विराटनगर, असार २४ । विराटनगस्थित महेन्द्र मोरङ आर्दश क्याम्पसमा विद्यार्थीले प्रमुखसहित पाँच जनालाई कार्यकक्षमै थुनेका छन् ।
तीन संगठनमा आवद्ध विद्यार्थी शुल्कवृद्धि गरेको विरुद्धमा उनीहरुले थुनेका हुन ।

विद्यार्थीले क्याम्पस प्रमुख बाबुराम तिमिल्सिना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार कार्यकक्षमा थुनेका हुन ।

अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई विहान १० बजेदेखि थुनेर बाहिरबाट ताल्चा लगाइदिएका छन् ।

क्याम्पस प्रसासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरका लागि तीनन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरुले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरुलाई थुनेका हुन् ।

कमेन्ट गर्नुहोस्