गुफामा फसेकाको सकुशल उद्दार [फाेटाेफिचर]

थाइल्याण्ड, असार २४ । दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई सातादेखि फसेका १३ जना मध्य चार  जनाको सकुशल उद्दार गरिएको छ ।

बाँकी ९ जनाको पनि उद्दारको प्रयास भइरहेको अलजल्जीरा टेलिभिजनले जनाएको छ ।

उद्दार गरिएको दुई जनालाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पतालमा लगिएको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

उनीहरुको उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए ।

 

 

तस्वीर अलजजीराबाट

कमेन्ट गर्नुहोस्