फुजेल काण्ड : कृष्णप्रसाद अधिकारीका हत्या आराेपी छविलालद्वारा आत्मसमर्पण, पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, असार २४ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोप लागेका छविलाल पौडेल आइतबार जेल चलान भएका छन् ।

आज पौडेल आफैं सर्वोच्च अदालतमा उपस्थित भएर थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका  थिए ।  अदालतमा उपस्थित भए  लगत्तै पौडेललार्इ पुर्पक्षका ,लागि डिल्लीबजार कारागार चलान गरिएको छ ।

सर्वोच्चले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो । लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् । यसअघि अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसादको निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्