राजस्व वृद्धिको कुटनैतिक नियोगमा प्रभाव :दूतावासले लिनेे सेवा शुल्क बढ्यो

युएई,असार २४ ।नेपाल सरकारले राजस्वमा वृद्धि गरे संगै त्यसको प्रभाव बिदेश स्थित कुटनैतिक नियोगमा समेत परेको छ।

गत असार १५ गते बसेको मन्त्रीपरिषदको बैठकले गरेको निर्णय अनुसार साउन १ गतेदेखि लागु हुने गरी विभिन्न सेवा शुल्कको राजस्व दस्तुरमा वृद्धि भएको दूतावास स्रोतले जानकारी दिएको छ।

सरकारको उक्त निर्णय पछी दूतावास बाट गरिने कागजात प्रमाणीकरण तथा विभिन्न सेवामा लाग्ने दस्तुरलाई समेत वृद्धि गरिएको दूतावास द्वारा जारी नयाँ दस्तुर सम्बन्धि विवरणमा उल्लेख छ।

अब लाग्ने नयाँ दस्तुर सम्बन्धमा मन्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता तथा श्रम सम्बन्धी अन्य सेवाहरु, विवाह दर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, लाइसेन्स, विभिन्न प्रकारका निवेदनमा १ सय ५० दिर्हाम  लाग्ने दूतावास द्वारा जारि सूचनामा उल्लेख छ । यस्तै बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण, बसाईं सराई, प्रहरी प्रतिवेदन, चिकित्सको प्रमाणपत्र लगायतमा १सय ९० दिर्हाम शुल्क लाग्ने छ।

दूतावासमा लाग्ने सेवा शुल्क सम्बन्धि नयाँ विवरण

यसअघि अधिकृत वारेसनामा जारी गर्दा १ सय दिर्हाम शुल्क लाग्दै आएकोमा अब बढेको मूल्य अनुसार ३ सय ७० दिर्हाम कायम गरिएको छ । नयाँ कायम गरिएको सेवा शुल्कमा सबैभन्दा धेरै कामदार मागपत्र प्रमाणीकरणमा बढेको छ।

यस्तै एकदेखि २५ जना कामदार मागपत्र प्रमाणीकरण सम्बन्धमा ९सय २० दिर्हाम, २६ देखी १०० जनाको मागपत्रमा ११ सय दिर्हाम र १ सय भन्दा धेरै कामदारको मागपत्र भए १२ सय ८० दिर्हाम सेवा शुल्क लाग्ने तथा प्रमाणीकरण भएका कागजात सच्चाउन परेमा प्रति कागजात ३ सय ७० दिर्हाम सेवा शुल्क लाग्ने भएको छ।

यसअघि कामदार मागपत्र प्रमाणीकरणका लागि प्रति पेज १ सय ५० दिर्हाम मात्रै शुल्क लिने गरिन्थ्यो । तर अब भने कामदार माग संख्याका आधारमा सेवा शुल्क लिइने भएको छ ।

दूतावासले प्रदान गर्ने कल्याणकारी प्रकारका सेवा अन्तरगत अंग प्रत्यारोपणका लागि सिफारिस, खोजतलास तथा उद्धार कार्यका लागि सिफारिस, घाइते, मृतकको क्षतिपूर्ति, कामदारका समस्या सम्बन्धी निवेदनमा भने कुनै शुल्क लाग्ने छैन ।

राजस्व वृद्धिले श्रमिक लाई ठूलो घाटा हुँदैन: राजदूत फुयाल 

नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर फुयालले सरकारले बढाएको राजस्व दस्तुर बाट बिदेशमा कार्यरत श्रमिक ठुलो मारमा नपर्ने बताएका छन् ।

यशअघि दूतावासले लिदै आएको सेवा शुल्कमा केहि दस्तुर वृद्धि भएपनि त्यसले खासै ठुलो प्रभाव नपर्ने भन्दै श्रमिकले बुझाएको राजस्व ब्यक्तिको खातामा नभै सरकारी कोषमा जम्मा हुने हुँदा त्यसले रास्ट्रको बिकास निर्माणमा ठुलो मद्धत पुर्याउने उनको भनाइ छ।

बिदेशमा कार्यरत आफ्ना देशका नागरिक अफ्ट्यारोमा पर्दा ,घाइते अपांग तथा मृत्यु हुदा सरकारले समेत बिमा सहितका बिभिन्न सेवा सुबिधा प्रदान गर्दै आएको बताउदै राजस्व दस्तुरबाट आम श्रमिक लाई ठुलो भार नपर्ने फुयालको भनाइ छ।

कमेन्ट गर्नुहोस्