आज पूर्व र पश्चिममा भिषण वर्षा हुन सक्ने !

काठमाडौं, असार २५ । आज देशभरको मौसम दिनभर बदली हुने छ । मनसुनी गतिविधि सक्रिय रहेकाले पूर्वदेखि पश्चिम सबै क्षेत्रमा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । यस्तै पूर्व तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए । अझै केही दिन देशभरको मौसम बदली हुने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्