टेलिफोन र इन्टरनेटको शुल्क वृद्धि, कहिलेदेखि लागू ?

काठमाडौं, असार २५ । नेपालमा अझैं टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा शुल्क अन्तर्गत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत कर लगाउने भएपछि सो सेवा महंगिने भएको हो ।

नयाँ बजेट साउनदेखि लागू हुने भएकाले फोन र इन्टरनेटमा पनि साउन देखिनै शुल्क बढ्नेछ । एनसेलले आफ्नो प्रयोगकर्तालाई सेवा महंगिनेबारे जानकारी दिन थालेको छ भने नेपाल टेलिकम यसबारे छलफलमा रहेको छ ।

कमेन्ट गर्नुहोस्