अनैतिक क्रियाकलापमा संग्लन सात पक्राउ

झापा, असार २५ । प्रहरीले झापाको बिर्तामोडस्थित एक होटलबाट अनैतिक क्रियाकलाप गरेको भन्दै दुई युवतीसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले विर्तामोड नगरपालिका- १ स्थित भ्यू पोइन्ट होटलबाट सात जनालाई पक्राउ गरेको हो ।

गएराती होटलमा बसेर सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न भएको भन्दै उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्