गंगामायाले अनशन ताेड्दै

काठमाडौं, असार २५ । छोराका हत्या आरोपी छविलाल पौडेललाई पुर्पक्षका लागि जेल चलान भएपछि गंगामाया अधिकारीको अनशन तोडाउने प्रयास सुरु भएको छ ।

जेठ १५ देखि वीर अस्पतालमा अनशनरत अधिकारीलाई मानवअधिकारकर्मीहरुको पहलमा अनशन तोडाउने प्रयास भइरहेको छ ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबारै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।

आज अपरान्ह कानूनमन्त्री शेरबहादुर तामाङले जुस पिलाएर गंगामायाको अनशन तोडाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्