राजेन्द्र कडेँल र अनुराना मगरको ‘तीज आएको बेला’ (भिडियोसहित)

काठमाडौं, असार २५ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ ।

यसै क्रममा सुपारी म्युजिक प्रालीको प्रस्तुतीमा अनु रानामगर र ओमप्रकाश परियारले रमाइलो तीजको गीत “तीज आएको बेला” को भिडियो सार्वजनिक भएको छ ।

गीतमा सम्भव भएसम्म मनोरञ्जन दिनको लागी आफुहरुले निकै मेहनत गरेर गीत बजारमा ल्याएको गायिका अनु रानामगरले बताइन । गीतमा राजेन्द्र कडेँल र गायिका अनुराना मगरको स्वार रहेको छ ।

जीवन प्याकुरेलको शब्द सिर्जना तथा राजेन्द्र कडेँलको लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्जमा रमाइलो गीत बजारमा आएको हो ।

गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने प्रविन भट्टले सम्पादन गरेका छन । गीतको भिडियोमा प्रकाश सपुत, अन्जली अधिकारी, उज्वल गीरी दानविरको नृत्य रहेको छ । भिडियो निर्देशक भने काजिश श्रेष्ठले गरेका हुन ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्