सशस्त्र प्रहरी प्रमुख खनाललाई पितृ शोक

काठमाण्डौं, असार २५ । सशस्त्र प्रहरी वल प्रमुख ( आइजीपी)  शैलेन्द्र खनाललाई पितृ शोक परेको छ । खनालका ७८ वर्षीया बुवा पूवप्रशासक डा टिकाराम खनालको सोमबार विहान उपचारका क्रममा राजधानीको ग्राण्डी इन्टरनेसन अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि दम, उच्च रक्तचाप, सुगर जस्ता रोगबाट पीडित खनाललाई केही समय अगाडि अस्पत्तालमा भर्ना गरिएको थियो । खनालका श्रीमती, तीन छोरा र एक छोरी छन ।

स्वर्गीय खनालको अन्तिम संस्कार सोमबार अपरान्ह पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्