स्टुडियाेमै किन रोए प्रधानमन्त्री ?

काठमाडौं, असार २५ ।

बिरोधीका लागि कठोर रुपमा प्रस्तुत हुने र ‘तुच्छ’ बोलिले कटाक्ष गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा राेएका छन् । ‘जनतासँग प्रधानमन्त्री’ नामक लाइभ कार्यक्रम प्रधानमन्त्री ओली भावुक भएर भिडियो सार्वजनिक भएको छ ।

कार्यक्रमको व्याकग्राण्डमा देखाइएको भिडियो रिपोर्ट हेरेका प्रधानमन्त्री ओलीले आँसु थाम्न नसकेपछि खल्तीबाट रुमाल झिकेर पुछेको प्रोमो भाइरल बनेको छ ।

सत्तामा आएदेखिनै अधिनायकवादी, सर्वसत्तावादीको आरोप खेपिरहेका उनी सार्वजनिक रुपमै रुनु पर्ने मुख्य कारणका जान्न भने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको प्रतिक्षा गर्नु पर्ने छ ।

जनतासँग प्रधानमन्त्री (प्रोमो)

जनतासँग प्रधानमन्त्री लिएर हामी छिट्टै आउँदैछौं । यो कार्यक्रमलाई आशा, उत्साह र उत्सवको त्रिबेणी बनाउने हाम्रो प्रयत्न छ । यो भिडियो पहिलो भागको केही अंश हो ।

Posted by Janatasanga Pradhanmantri जनतासँग प्रधानमन्त्री on Sunday, 8 July 2018

कमेन्ट गर्नुहोस्