टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौँ घाइते

इस्तानबुल, असार २५ । उत्तरपश्चिमी टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको दुर्घटनामा सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

रेलमा ३६० भन्दा बढी यात्रु सवार रहेका बताइएको छ । रेल आइतबार इस्तानबुलको हालकाली स्टेसनबाट ग्रीस र बुल्ग्रेरीयाको सीमा नजिकको एदिरर्ने क्षेत्रतफ जाने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

याे पनि पढ्नुस  दक्षिण अफ्रिकामा रेल दुर्घटना २० जनाको मृत्यु, २६० घाइते

प्रारम्भिक समाचारमा यस दुर्घटनामा परी १० को मृत्यु भएको बताइएको थियो भने पछि सो सङ्ख्या बढेर २४ पुगेको उपप्रधानमन्त्री रेसेप आक्दाङ्ले पुष्टि गर्नुभएको छ ।

टर्कीका सञ्चारमाध्यमले यहाँका स्वास्थ्यमन्त्री अहमत देमिक्र्यानलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते भएका ३३८ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताएका छन् ।

याे पनि पढ्नुस  बंगलादेशमा रेलहरू आपसमा ठोक्किँदा १६ जनाको मृत्यु

भारी वर्षाको कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकोले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्