गिरीलाई ओएस नेपाल पत्रकारिता सम्मान

काठमाडौं । पत्रकार कुबेर गिरी ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’बाट सम्मानित भएका छन् । दोस्रो ओएस नेपाल म्युजिक अवार्ड २०७५’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा गायिका तथा सभासद कोमल वली, पत्रकार ऋषि धमला ओएस नेपालका विवेक कार्की लगायतले गिरीलाई माला, खादासहित प्रमाणपत्र द्वारा सम्मान गरिएको हो । गिरी राताेपाटी अनलाइनमा कार्यरत छन् ।

कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, रेडियो नेपालका चन्द्रमणि गौतम र राम अबिरल, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारीले समेत ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ प्राप्त गरेको समारोहमा हिमालयन टाइम्स दैनिकका गोपीकृष्ण चापागाई र रमाईलो छ का उत्सव रसाइलीलाई ‘ओएस नेपाल पत्रकारिता प्रोत्सान २०७५’ पुरस्कार प्रदान गरियो ।

कमेन्ट गर्नुहोस्