मदन पुरस्कारका लागि ८ कृति छनोट

काठमाडौं, असार २५ । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठवटा कृति छनोट गरेको छ ।

मदन पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २५३ पुस्तकबाट आठवटा पुस्तक छनोटमा परेका हुन् ।

छनोटमा परेका आठ पुस्तकमध्य एउटाले मदन पुरस्कार–२०७४ प्राप्त गर्नेछ ।

अकारादि क्रममा मदन पुरस्कार गुठीबाट घोषणा गरिएका ‘श्रेष्ठ पुस्तक–२०७४’ को सूची यसप्रकार छ ।

कैरनः ध्रुवसत्य परियार
नथियाः सरस्वती प्रतीक्षा
पाठशालाः तीर्थ गुरूङ
भुइयाँः यज्ञश
यारः नयनराज पाण्डे
योगमायाः नीलम कार्की ‘निहारिका’
लिम्बुनी गाउँः राज माङलाक
हिमाली दर्शनः मोहन वैद्य ‘किरण’

कमेन्ट गर्नुहोस्