बसधनीले मोटरसाइकल चोरेपछि…

धनगढी, असार २५ । धनगढी उपमहानगरपालिका १ का २५ वर्षीय बस मालिक साजन रिजालले मोटरसाइकल चोरको खुलासा भएको छ । मोटरसाइकल चोरको आरोपमा रिजाल र सहचालक शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

डोटीका डम्मर डौडीको से २ प ९६६१ नम्वरको पल्सर मोटर साइकल हराएपछि त्यसको खोजी गर्ने क्रममा बस धनी रिजालले चोरेको रहस्य खुलेको हो ।

सुदुरपश्चिम यातायतको ना ४ ख ८१३९ नम्वरको बस धनी रिजालले मोटरसाइकल चोर्न आफ्ना सहचालक गोदावरी नगरपालिका ४ अत्तरिया बस्ने २४ वर्षीय लोकेशवहादुर शाहलाई समेत प्रयोग गरेको पुष्टि भएको छ ।

सिलगढी नगरपालिका वडा नम्बर ६ मा होटल व्यवसाय गर्दै आएका डौडीले आफन्तको घरआगनमा मोटरसाइकल राखे । त्यसको केहीबेरमा मोटरसाइकल हरायो ।

चोरी भएको मोटरसाइकल २ किलोमिटर टाढा सोमबार विहान पाटपुर्जा खोलिएको अवस्थामा भेटिएको हो । बसलाई समेत कब्जामा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्