गंगाद्वारा अनशन तोड्न अस्वीकार !

काठमाडौं, असार २५ । छोराको हत्यारालाई कारबाही हुने पर्ने माग राख्दै अनशनरत गंगामाया अधिकारीले अनशन तोड्न अस्वीकार गरेकी छन् ।

आइतबार छोरा कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेले अदालमा आत्मसमर्पण गरेपछि सोमबार अनशन तोडाउन पुगेका कानुन सचिव राजिव गौतम, गृह सहसचिव, प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली अस्पताल पुगेको थियो ।

तर गंगामायाले भने पक्राउ परेका छविलाल पौडेललगायत हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएपछि आफै अनशन तोड्ने भन्दै सरकारी प्रतिनिधि र मानवअधिकारीकर्मीको आग्रह अस्वीकार गरिदिएकी हुन ।

सरकारको टोलीले भने अपराधीलाई कारवाही हुने आश्वासन दिँदै अनशन तोड्न आग्रह गरेको थियो ।

गंगामाया गएको जेठ १५ गतेदेखि छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै अनशनमा छन् ।

कमेन्ट गर्नुहोस्