आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद !

धादिङ, असार २६ । जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका-१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु तीन लाख जरिवाना गर्ने फैसला गरेको हो ।

अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । एकबहादुरले २०७४ कात्तिक १० गते सोही स्थानका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए । पीडितलाई टाउकोमा पछाडिबाट कुटपिट गर्दा दुवै आँखा झरेको छ । -रासस

कमेन्ट गर्नुहोस्