राजमोका अध्यक्ष केसी भन्छन्,-‘राणा, राजा र पञ्चायतकाल गएपनि प्रवृत्ति गएन’

दाङ, असार २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुमत प्राप्त सरकारले पनि पुरानै कामलाई निरन्तरता दिएको आरोप लगाएका छन् । सोमबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष केसीले जनताले सरकारबाट ठूलो आशा गरे पनि पुरानै प्रवृत्तिलाई निरन्तरता दिएको बताए ।

‘राणा, राजा र पञ्चायतकालिन शासन गएपनि प्रवृत्ति गएन’, उनले भने,’वर्तमान सरकारको मुल्यांकन अहिले गर्ने बेला त भएको छैन । तर संकेत हेर्दा गतिलो पनि छैन । कुरा गरौं गाउँका मुखिया , नगरौ कुखुरा सकिए भने जस्तै अवस्था छ ।’

भ्रष्टाचार र महंगी निकै मौलाएको भन्दै उनले पहिला जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम गर्नुपर्नेमा सरकार उल्टो गतिमा हिँडेको उनले टिप्पणी गरे । आफू गरिबी तथा सहकारी मन्त्री हुँदा सहकारी क्षेत्रका परिवर्तन गर्न ऐन निर्माणको प्रयास गरे पनि सांसद हुँदा व्यपारिक मानसिकताका जनप्रतिनिधिहरुकै कारण सम्भव नभएको बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्