अनशनरत डा. केसी सिकिस्त, यस्तो छ स्वास्थ्य रिपोर्ट

जुम्ला, असार २६ । १० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा. केसीको अहिले संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा. प्रवीणकुमार गिरीले बताए । आइतबारसम्म अलिअलि बोलेका र रेस्टरुमसम्म हिँड्न सकेका डा. केसी सोमबारबाट सिकिस्त भएको चिकित्सकको भनाइ छ । उपचारमा संलग्न चिकित्सकले सोमबार केसीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेका छन् ।

केसीको स्वास्थ्य रिपोर्ट

-छातीको बीचभागमा अत्यधिक दुखाइ
-कमजोरीका कारण चक्कर लाग्ने
-शरीरका मांसपेशी बाउँडिने
-पिसाबमा किटोन बढी
-सेतो रक्तकोषिका क्रमिक रूपमा घट्दै
-रगतमा चिनीको मात्रा कम हुँदै
-मुटुको चाल तलमाथि
-मुटुले काम गर्न बन्द गर्न सक्ने अवस्था
नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्