कांग्रेस सभापति देउवा भन्छन्, ‘अब पार्टीलाई एकढिक्का बनाएर अघि बढाउछु’

काठमाडौं, असार २६ । कांग्रेस सभापति प्रधामन्त्री शेरहादुर देउवाले अब पार्टीलाई एकढिक्का भएर बनाएर अघि बढाउने बताएका छन् । केन्द्रीय सदस्य डा.नारायण खड्काले पुराना नेता र कांग्रेसका शीर्ष नेताहरूबीच सोमबार राखेको छलफलमा सभापति देउवाले अब पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्दै एक हुन जरुरी रहेको बताए । साथै, सभापति देउवाले निर्वाचनबाट कमजोर बनेको पार्टीमा अब आरोप-प्रत्यारोपभन्दा मिलेर जानुपर्ने बताएका हुन् ।

‘पार्टीमा कमीकमजोरी भए सभापतिलाई दोष लगाउने चलन छ । पार्टीले चुनाव हारेको नेतृत्वको कारणले मात्र होइन । वाम एकता पनि प्रमुख कारण हो । हामीले पार्टीभित्रै अन्तर्घातको सामना गर्नुपर्यो,’ देउवाले भने, ‘हिजो जे कमजोरी भए अब कमजोरीलाई सच्चाएर एकढिक्का बनाएर पार्टीलाई अघि बढाउन तयार छु । कम्युनिस्टहरू प्रजातान्त्रिक व्यवस्थालाई मास्न उद्यत भइरहेका वेला हामी नै विभाजित हुनुहुन्न ।’

नेता रामचन्द्र पौडेलले नेतृत्वको सानो चित्त रहेसम्म पार्टी एकढिक्का हुनै नसक्ने बताए । ‘हामी निर्वाचनमा कमजोर भयौँ । तर, पार्टी के कति कारणले कमजोर भयो भन्नेमा कमजोरीबाट पन्छिनु हुँदैन,’ उनले भने, ‘कमाजोरीबाट पन्छिने होइन, पार्टीलाई एकढिक्का बनाएर लानुपर्छ । बिपीको समाजवाद भन्ने, तर त्यो व्यवहार नदेखाएसम्म पार्टी बलियो हुँदैन ।’ नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्