प्रधामन्त्री ओलीको व्यग्य-‘भोकै सुत्ने र बेमौसममा कराउने आफैं चुप लाग्छन्’

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी ओलीले डा. गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएको भन्दै राजधानीको सडकमा कराउनेहरू आफै चुप लाग्ने दाबी गरे। उनले भने, ‘जुम्लामा भोकै सुत्न लगाउने र काठमाडौंका सडकमा बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्छन्।’

प्रधानमन्त्रीले नेकपा संसदीय दलको बैठकमा बोल्दै संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति नुसार नै भएको दाबी गरे। ‘सरकारले आफ्ना नीतिअनुसारका ऐन ल्याउँछ यसमा के अनौठो र आश्चर्य भयो ?’, उनले प्रश्न गरे।

काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यवहारिक नभएको ओलीले बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्