श्रीमानले दोस्रो विवाह गर्न नमन्दा श्रीमतीले गरिन आत्महत्या !

बाग्लुङ, असार २६ । प्रायः महिलाहरु श्रीमानले दोस्रो विवाह गरे मुद्धा दर्ता, सम्बन्ध विच्छेद गर्ने तथा कतिपयले त आत्महत्या नै गर्ने गर्छन् । तर बागलुङकी एक महिलाले भने श्रीमानले दोस्रो विवाह नगर्दा आत्महत्या गरेकी छन् ।

जिल्लाको बडीगाड गाउँपालिका -९, की डिल बहादुर मल्लकी ४३ वर्षीया श्रीमती गीता मल्लले गएको आईतबार राति झुण्डिएर आत्महत्या गरेकी हुन्। छोरा पाउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिँदै आएकी गीताले लेखेको ‘सुसाईड नोट’ मा आँफु स्वेच्छाले मरेको उल्लेख गर्दै श्रीमानलाई अर्को विबाह गर्न अनुरोध गरिएको छ।

गीताले उक्त नोटमा विबाह गरेर गुल्मीमा रहेकी एक मात्र छोरीलाई आँफू रहुन्जेल श्रीमानले विवाह नगरेको भन्दै आँफू मरेपनि वुबालाई अर्को विवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छिन्।

कमेन्ट गर्नुहोस्