२० वर्षीय युवकद्वारा ९० वर्षीया वृद्धा बलात्कृत !

पर्वत, असार २६ । पर्वतमा २० वर्षीय एक युवकले ९० वर्षीया अपांगता भएकी वृद्धालाई बलात्कार गरेको घटना बाहिर आएको छ । जिल्लाको मोदी गाउँपालिका- १ का २० बर्षीय शंकर परियारले ति वृद्धालाइ बलात्कार गरेको घटना बाहिर आएको हो ।

बलात्कारमा संग्लन परियारलाई जिल्ला अदालत पर्वतले दोषी ठहर गरि ११ वर्ष कैद फैशलासमेत सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्वपक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपुर्ति तिराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोखरेलले जानकारी दिए । पिडक परियारले मदिराको नशामा बृद्धालाई बलात्कार गरेको तथ्यसमेत सार्वजनिक भएको छ ।

कमेन्ट गर्नुहोस्