आईजीपी खनाललाई पितृशोक

काठमाडौं, असार २६ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाललाई पितृशोक परेको छ । आईजीपी खनालका बुबा डा. टीकाराम शर्मा खनालको सोमबार विहान ७७ वर्षको उमेरमा निधन भएको हो ।

डा.खनाल लामो समयदेखि मधुमेह र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए । पछिल्लो समय राजधानीको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका डा. खनालको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ग्रान्डीअघि सशस्त्र प्रहरी अस्पतालमा समेत उनको उपचार गरिएको थियो ।

डा. खनालको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री रामबहादुर थापा, बनमन्त्री शक्तिबहादुर बस्नेत, सरकारका सचिवहरु, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारी पुगेका थिए ।

कमेन्ट गर्नुहोस्