नेकपा सचिवालय बैठक सकियो, के के भए निर्णय ?

काठमाडौं, असार २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान पार्टीको नियमावली र संगठनात्मक विषयमा टुंगो लगाउने भन्दै बैठक बसेको थियो ।

तर एकीकृत पार्टीको नियमावली, संगठनात्मक संरचना, पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहमा हुने एकताको ढाँचा र जनवर्गीय संगठनहरुको एकताबारे छलफल भए पनि कुनै निर्णय भने नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए ।

याे पनि पढ्नुस  टुंगियो नेकपाको प्रवास कमिटी एकता, कसलाई कुन देश?

प्रचण्डलाई कोरियाली सर्वोच्च नेता किमको निम्तो

सचिवालयको छिट्टै बस्ने सचिवालयको अर्को बैठकले यी सबै विषयमा टुंगो लगाउने तयारी रहेको बताए ।

‘धेरै विषयमा कुराकानी भयो, हामी छलफलमै छौं । सम्भव भए आजै बेलुका, नभए भोलि बिहानसम्म हामी फेरि बस्छौं’ प्रवक्ता श्रेष्ठले भने । श्रेष्ठका अनुसार सबै तहको एकता छिटो टुंगाउनु पर्नेमा सबै नेता सहमत छन् ।

याे पनि पढ्नुस  डडेल्धुरा बस दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय तहमा एकता भए पनि प्रदेश, जिल्ला, गाउँपालिका र नगरपालिकास्तरमा पार्टी एकता हुन सकेको छैन । भने पार्टी एकता भएको लामो समय वितिसक्दा पनि कुनै पनि जनवर्गीय संगठनको एकता हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्