गायिका निशाको ‘सधैंलाई’ गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

निशा कंडेलको स्वर रहेको गीत ‘संधैलार्र्इ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ ।

लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका कंडेलको स्वर सुहाएको छ । गीतले मायामा परेको र आफ्नो प्रेमीप्रति संधै समर्पित भाव बोकेको छ।

चक्र महर्जनले छायांकन गरेको भिडियोलार्इ बिजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा गायिका स्वयं र अमन प्रधानको अभिनय रहेको छ । राहुल प्रधानको निर्देशनमा तयार भएको भिडियोलार्इ केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।

केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ ।

अस्ट्रेलियाको सिड्नी, डार्विन, पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ, चितवन, बुटवल, नेपालगंज, पोखरा र बनेपामा कार्यालय संचालनमा छन् ।

छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रीले जानकारी गराए । कला र गीत संगीत प्रेमी क्षेत्रीले निशा कंडेलजस्तै अन्य प्रतिभा भएका कलाकारको प्रोमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्