कांग्रेस केन्द्रीय सदस्यमा पौडेल मनोनित

काठमाडौं, असार २६ । सभापति शेरबहादुर देउवाले बागलुङका किरणराज शर्मा पौडेललाई नेपाली कांग्रेसको आमन्त्रीत केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले पौडेललाई मंगलबार मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली काङग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नेपाली कांग्रेसको नियमावली २०६८ बमोजिम सभापतिले पौडेललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्