तलब नपाएपछि आन्दोलनमा स्वास्थकर्मी, बिरामी मर्कामा

जाजरकोट, असार २६ । तलब नपाएको भन्दै जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । मंगलबार देखि ‘भोको पेटले काम गर्न सकिदैन’ भन्दै नाराबाजीका साथ आन्दोलनमा उत्रिएका उनीहरुले अस्पतालका सबै सेवा ठप्प पारेका छन् ।  आन्दोलनले अस्पतालमा सेवा लिन आइपुगेका बिमारी मर्कामा परेका छन् ।

याे पनि पढ्नुस  थप १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलन गरेको दुई साता बितिसक्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको उनीहरूको आरोप छ । महिना दिनमा तलब भत्ता बुझ्दै आएका उनीहरुले पाँच महिनादेखि तलब नपाउँदा आन्दोलनमा उत्रिएको एक स्वास्थ्यकर्मीले बताए । दुई साताअघि कालो पट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले गत आइतबारदेखि आकस्मिक सेवाबाहेक सबै बन्द गरेर विरोधमा उत्रिएका थिए ।

याे पनि पढ्नुस  आफ्नै कार्यकर्ताबाट कुटिए मेयर घर्ती

जिल्ला अस्पतालमा ५७, नगरपालिकामा ३४ स्वास्थ्यकर्मी र कर्मचारीले समयमा तलब भत्ता पाउन नसकेका हुन् । तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको जिल्ला अस्पतालमा कार्यरत सिनियर अनमी गंगा रेग्मीले बताइन ।

मन्त्रालयबाटै पैसा निकासा नभएको भन्दै नगरपालिकाले उनीहरुलाई रकम नदिएपछि तलब खान समस्या भएको हो । भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले विरामीको सेवा गर्ने स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाउँदा निराश भएको बताए ।

याे पनि पढ्नुस  हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र निर्धारण

नयाँ पत्रिकाबाट

 

कमेन्ट गर्नुहोस्