कृष्ण पहाडीसहित २५ जना पक्राउ

काठमाडौं, असार २६ । निषेधित क्षेत्रमा धर्ना बसेका मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि मंगलबार अपरान्ह धर्ना बसेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको र उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको शान्ति समाजले विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति पहाडी, सभापति डा। गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईसहित २५ जनालार्इ पक्राउ गरेको छ ।

सरकारप्रति आधारभूत स्वतन्त्रता र मानव अधिकारलार्इ कुण्ठित गरेको, न्यायिक निर्णयलाई लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण तथा प्रोत्साहन गरेको समाजको आरोप छ ।

कमेन्ट गर्नुहोस्