कान्तिपुरका प्रधानसम्पादक शर्मा र काठमाण्डूपोष्टका उपाध्यायद्वारा राजीनामा

काठमाडौं, असार २६ । कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र दी काठमाण्डू पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले राजीनामा दिएका छन् ।

कान्तिुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिक र दी काठमाण्ू पोष्टका प्रधानसम्पादक शर्मा र उपाध्यायले मंगलबार एकै पटक राजीनामा दिएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्‍ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक शर्मा र दी काठमाण्डू पोष्ट प्रधानसम्पादक उपाध्यायले एक्कैपटक राजिनामा दिएका हुन।

कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाका रजनिशलाई अध्यक्षपछिको बरियता दिदैँ भित्र्याएपछि उनीहरुले असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्