रोनाल्डो अब इटालियन क्लबबाट खेल्ने, चार वर्षका लागि आज सम्झौता

काठमाडौं, असार २७ । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो अब इटालियन क्लब युभेन्टसबाट खेल्ने भएका छन् । रियल मड्रिडलाई १०० मिलियन पाउण्ड तिरेपछि उनले अब इटालियन क्लबबाट खेल्ने भएका हुन् ।

योसँगै रोनाल्डो र युभेन्टसबीच चार वर्षे सम्झौता समेत हुने भएको छ। रोनाल्डोलाई भेट्न इटालियन क्लब युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली अजि ग्रिस पुगेका थिए। रोनाल्डो र क्लबबीच ग्रिसमै आज अन्तिम सम्झौता हुनेछ।

याे पनि पढ्नुस  मेसीलाई हराउदै रोनाल्डोले जिते उत्कृष्ट फरवार्डको उपाधि

यसअघि रोनाल्डो भित्र्याउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई गत साता ८८ मिलियन पाउण्डको प्रस्ताब गरेको थियो। समाचार अनुसार रोनाल्डोले युभेन्टससँग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा मड्रिड आएका रोनाल्डोको रियलसँगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी थियो। रोनाल्डोले गत सिजनमात्र सन् २०२१ सम्मको लागि सम्झौता नविकरण गरेका थिए । तर, रोनाल्डो रियलमा खुसी नरहेको र सम्झौता बाँकी रहदै क्लब छाड्ने मनस्थितिमा पुगेका हुन्।

याे पनि पढ्नुस  क्लब छोड्ने रोनाल्डोकाे चेतावनी

३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्तासमेत हुन्। उनले रियलका लागि ४ सय ५१ गोल गरिसकेका छन्। ६ वर्ष म्यान्चेष्टर युनाइटेडमा बिताएर रियल मड्रिड आएका पाँच पटकको बालोन डीओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थियो। यस्तै दुई लिग च्याम्पियनसिप र ३ फिफा क्लब फुटबल जिताएका थिए।

याे पनि पढ्नुस  रोनाल्डोको ठाउँमा ह्यारी केन छानिए !

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले आफ्नो देशलाई रसिया विश्वकपको अन्तिम १६ सम्म पुर्‍याएका थिए। अन्तिम १६ को पहिलो खेलमा उरूग्वेसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए। -एजेन्सी

कमेन्ट गर्नुहोस्