भीरबाट लडेर ५५ जनाको मृत्यु !

काठमाडौं, असार २७ । भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ । पहाडी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ । पछिल्लो एक बर्षमा मात्र तीन जिल्लामा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ ।

खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जनाकाे भीरबाट लडेर मृत्यु भयाे । यीमध्ये १४ जना घाँस-दाउरा गर्न गएका बेला भीरबाट लडेका थिए । अन्नपूर्णमा खबर छ ।

कमेन्ट गर्नुहोस्