कांग्रेस नेता सिटौला भन्छन्,-‘फूलमाला लगाएर तस्विर खिचाउँदैमा पार्टी भित्रको गुट खतम हुँदैन’

दमक, असार २८ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई आधुनिक बनाउनुपर्ने औँल्याएका छन् । झापाको बिर्तामोडस्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले हिजोको कांग्रेसलाई अब समयअनुसार रुपान्तरण गरेर आधुनिकीकरण गर्नुपर्ने खाँचो रहेको बताए ।

पार्टीका पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले कांग्रेसलाई तलैदेखि बलियो बनाउन पार्टी नेतृत्व गम्भीर हुनुपर्ने टिप्पणी गरे । फूलमाला लगाएर तस्विर खिचाउँदैमा कांग्रेसभित्रको गुट खतम नहुने भन्दै उनले कांग्रेसभित्रको एकता अरुलाई देखाउनभन्दा पार्टी बलियो बनाउनतर्फ जोड दिन आवश्यक रहेको बताए । दुई तिहाइको बलमा सरकार निरकुंश बन्दै गएको भन्दै नेता सिटौलाले काँग्रेसले अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्ने अवस्था आएको पनि बताए ।

कमेन्ट गर्नुहोस्