रिहार्इ हुने बित्तिकै नेकपाका नेता फेरी पक्राउ, कारण यस्तो छ

काठमाडौं, असार २८ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरू रिहार्इ भए लगत्तै पुनः पक्राउ परेका छन् । रिहाइ भएका सात मध्ये दुर्इजना नेता पुनः पक्राउ परेका हुन् ।गत १६ असारमा अन्य पार्टीका कार्यकर्ताहरु पार्टी प्रवेश गराउने कार्यक्रममा रहेकैबेला राजधानीको लाजिम्पाटबाट ४० जना नेताकार्यकर्ता पक्राउ परेका थिए ।

याे पनि पढ्नुस  विप्लवका नेता वलीलाई छाड्न सर्वोच्चद्वारा तेस्रो आदेश

उनीहरुमध्ये पूर्वमन्त्री पदम राई, पोलिटब्यूरो सदस्य भरत बम, स्थायी समिति सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य रणसिंह पुनमगर, काठमाडौँ सेक्रेटरी धिरेन्द्रा उपाध्याय, एकाराज राई, सिद्धान्त राई र केदार रार्इलार्इ प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेको थियो । सर्वोच्चको आदेशअनुसार प्रहरीले उनीहरू सबैलार्इ बुधबार छाडेको थियो ।

याे पनि पढ्नुस  नेकपाः तल्ला कमिटीको एकता हुन किन ढिलाई ?

तर प्रहरीले सर्वोच्च अदालतको आदेश अनुसार रिहाइ भए लगत्तै नेताहरू पदम राई र केदार रार्इलार्इ प्रहरीले पुनः गिरफ्तार गरेको हो । दुवैजनाले विष्फोटक पदार्थ प्रयोग गरेको आंशकामा आवश्यक अनुसन्धान गर्नुपर्ने भएकाले अदालतको आदेश अनुसार पक्राउ गरी सम्बन्धित जिल्ला पठाइएको काठमाडौँस्थित बालाजु प्रहरी वृत्तका डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए । पदम रार्इलार्इ मोरङ र केदार रार्इलार्इ उदयपुर पठाएको पनि उनले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्