आज ‘भद्र’ र ‘रुपसी’ चीन लगिदै

काठमाडौं, असार २८ । नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा आज बोईङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमाडौं ल्याईएको एक जोडी गैँडा साँझ चीन लान लागिएको हो ।

अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैंडा लिएर साँझ ६ः२० बजे फर्किनेछ । गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

कमेन्ट गर्नुहोस्