भक्तपुरका धेरै ठाउँ डुबानमा [फाेटाेफिचर]

भक्तपुर, असार २८ । बुधबार साँझदेखि लगातार भएको वर्षाका कारण भक्तपुरका धेरै स्थान डुबानमा परेका छन् । अरनिको राजमार्ग अन्तर्गत पर्ने जगाती, सूर्यबिनयाक, सल्लाघारी, सिर्जनानगर, राधेराधे र ठिमी डुबानमा परेका छन् ।

साथै राधेराधेदेखि एसओएससम्म अरनिको राजमार्ग  माथिबाट बाढी गएको छ । बाढीका कारण सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।

याे पनि

भीषण वर्षाले भक्तपुर र थिमिका सयौँ घर डुबानमा

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

 

 

 

 

 

फोटो- रासस र गणेश तिवारी

कमेन्ट गर्नुहोस्