अविरल वर्षाका कारण भक्तपुर क्षेत्र डुबान ग्रस्त (फोटोफिचर)

सांसद बस्नेत बाढी प्रभावित क्षेत्र अवलोकन

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरमा बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै सांसद महेश बस्नेत, सूर्यविनायकका नगर प्रमुख वासुदेव थापा लगायत।

सांसद बस्नेत बाढीले प्रभावित बासिन्दासँग

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिकाका बासिन्दासँग जानकारी लिँदै भक्तपुरका सांसद महेश बस्नेत ।

बाढीबाट ठिमीका बासिन्दाको उद्दार

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुर ठिमीका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै ।

बासिन्दा सुरक्षित स्थलतर्फ

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुर ठिमी नगरपालिकाको राधेराधे, भाटभटेनी क्षेत्रका बासिन्दा सुरक्षित स्थलतर्फ जाँदै ।

बालकोटमा सामान सुरक्षित स्थानतर्फ

अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दाले सामान सुरक्षित स्थानतर्फ लैजाँदै ।

जलमग्न भक्तपुरको हनुमानघाट

बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले जलमग्न भक्तपुरको हनुमानघाट ।


जलमग्न मध्यपुर ठिमी चोक क्षेत्र

बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोला बढेर आइपछि अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमिको राधेराधेदेखि थिमि चोकसम्मको क्षेत्र ।

तस्बिरः रासस

कमेन्ट गर्नुहोस्