नेपाली युवा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मनित

नयाँ दिल्ली, असार २८ ।

एक नेपाली युवाले भारतको राजधानी नयाँ दिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानव अधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् ।

अधिकारकर्मी राउतलाई ‘कन्स्टिट्युसन क्लब’ ले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानव अधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो ।

याे पनि पढ्नुस  भारतका धर्मगुरु बलात्कारी ठहरपछि हिंस्रक प्रदर्शन, मर्नेको संख्या ३६ पुग्यो

‘दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसी’ ले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ । भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए ।

याे पनि पढ्नुस  भारतकी किरण पाकिस्तान गएर बनिन् अमीना, उतै घरजम गरेपछि केटाकेटी अलपत्र

सामाजिक तथा मानव अधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्