साहित्यः ‘पुस्तकालय र जीवन’

‘कृपया शान्त रहनुहोला’ भनी
पढ्दै प्रवेश गरेका उसका नजर
दराजमा सजिएका पुस्तकहरुमा यसरी
आक्रमण गर्दै थिए कि !
उ आवरण हेरेर पुस्तक रोज्दै थियो
अनि पुस्तक रोजेर जीवनका परिभाषाहरु खोज्दै थियो !!

पुजा वागीश

मौनतालाई चिरफार गर्दै
जिज्ञासाहरुले पहाडझै थुप्रै
प्रश्नहरुका बीज उब्जाइरहेका थिए
खैलाबैला मच्चाइरहेका थिए
फरक आकृती,फरक रङ्ग !!
अनि फरक शीर्षकहरुमा
उ जीवनका फरक फरक
स्वरुपहरु दाजिरहेको थियो !!!

जीवन पुस्तकालय हो र
जिवनयात्रामा भेटिएका यात्रुहरु
आवरणभित्रका पुस्तकहरुजस्तै
जसले केही न केही पाठ सिकाइरहेका हुन्छन्
भेटिदा, छुटिदा, राम्रा अनि नराम्रा !!!

त्यस्तो शुन्यता, जहाँ घण्टौंसम्म हराइरहेका
समयका घण्टीहरु हरार्इरहन्छन
भित्र–भित्रै, परपर
निकै अबेरसम्म !!
तरपनी उ पुस्तकालयमा जीवन खोजिरहेको हुन्छ !!!
अलमलमा !!
तर भेट्टाउने झिनो आशामा !!!

कमेन्ट गर्नुहोस्