पाकिस्तानमा चुनावी र्यालीलाई लक्षित गरी विष्फोट, ४ जनाको मृत्यु, केही घाइते

पाकिस्तानमा शुक्रबार बिहान चुनावी र्यालीलाई लक्षित गरी गराइएको बम विष्फोटमा परि चार जनाको मृत्यु भएको छ । भने केही गम्भीर घाइते भएको बताइएको छ ।

बन्नूमा जमियत–ए–उलेमा इस्लाम (एफ) का अक्रम खान दुर्रानीको चुनाबी र्याली नजिक भएको विष्फोटमा चार जनाको मृत्यु भएको छ । भने अन्य केही गम्भीर घाइते भएका छन् । दुर्रानी भने सकुशल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको बुधबार पूर्वी पाकिस्तानको पेशावर शहरमा चुनावी बैठकमा भएको संदिग्ध आत्मघाती विस्फोटमा अवामी नेशनल पार्टी (एएनपी) का नेता हारून बिल्लौरसहित केही मानिसको मृत्यु भएको थियो ।

बन्नूमा मुत्ताहिदा मजलिस–ए–अमल (एमएमए) ले चुनावी र्यालीको आयोजना गरेको थियो । बिहीबार चुनावी र्यालीमा भएको विस्फोटमा चार जना मारिएका थिए । अन्य १४ घाइते भएका थिए ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यो आक्रमणमा जमीयत–ए–उलेमा इस्लाम–फजलका अक्रम खान दुर्रानीलाई लक्षित गरी विष्फोट गराइएको थियो । दुर्रानी बन्नूमा चुनावी मैदानमा छन् । प्रारम्भिक जानकारी अनुसार विष्फोटमा परि १४ जना घाइते भएका छन् । घाइतेहरुलाई एम्बुलेन्स र प्रहरीका भेनमा अस्पताल पुर्याइएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्