कंगना या आलियालाई आफ्नो बायोपिकमा खेलाउने मनीषाको इच्छा

असार २९ । मनिषा कोइराला नामै काफी छ । नेपाली चेली भए पनि बलिउडमा उनले राम्रो छाप छोडेकी छन् । मनिषाले बलिउडका दर्जनौ फिल्ममा अभिनय गरेकी छन् । भने बलिउडका करीब सबै चर्चित कलाकार सँग स्क्रीन शेयर गरिसकेकी छन् ।

लामो समयपछि फेरि बलिउडमा मनिषा कोइराला चर्चाको शिखरमा छन् । गएको जून २९ मा रिलिज भएको संजय दत्तको बायोपिक फिल्म ‘सन्जू’ मा मनिषाले आमाको भूमिकामा अभिनय गरेकी छन् । बलिउड इन्डष्टीमा सन्जूले अहिले नाम र दाम दबैमा यसअघिको थुप्रै फिल्मले बनाएका रेकर्ड ब्रेक गरिरहेको छ ।

क्यान्सर भएर लामो समय अभिनय क्षेत्रबाट टाढा रहेकी मनिषा कोइराला संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जूबाट कमव्याक गरेकी हुन । सन्जूमा मनिषा रणबीर कपूरकी आमाको भूमिकामा छन् ।

आफूले अभिनय गरेकी फिल्मले बक्सअफिसमा एकपछि अर्कोे सफलता चुम्दै गर्दा मनिषलाई पनि बायोपिक बनाउने महात्वकांक्षा जागेको छ र त्यो सार्वजनिक रुपमा उनले भनेकी छन् ।

एउटा भारतीय सञ्चारमाध्यमलाई दिएकी अन्तर्वार्तामा उनले वायोपिक बनाउने खुलासा गरेकी हुन् । उनले भनेकी छिन्, ‘ मैले बायोपिक बनाए भने मेरो भूमिका कंगना या आलिया भट्टले निभाउने छन् ।’

कमेन्ट गर्नुहोस्