फेरि फर्किए नारायण वाग्ले कान्तिपुरमा

काठमाडौं, असार २९ । नारायण वाग्ले फेरि कान्तिपुर दैनिकको सम्पादकमा नियुक्त भएका छन् । २०६५ सालमा अन्तरिक विवादका कारण बाहिरिएका वाग्ले १० वर्षपछि फेरि कान्तिपुर दैनिकको सम्पादकको जिम्मेवारी सम्भालेका हुन ।

वाग्ले शुक्रबारदेखि नै कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्ने गरी कान्तिपुर मिडिया ग्रुपमा फर्किएका हुन् ।

कान्तिपुरबाट बाहिरिएपछि उनी नागरिकदैनिका संस्थापक सम्पादक बनेका थिए । त्यसअघि उनी कान्तिपुर, नेपालका सम्पादक बनिसकेका छन् । वाग्लेपछि कान्तिपुरमा सुधीर शर्मा सम्पादक हुँदै प्रधानसम्पादक बनेका थिए ।

शर्मा र दी काठमाण्डू पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले बुधबार आफूहरुलाई अपमान गरेको आरोप लगाउदै राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्