यौनसम्पर्कका लागि आफ्नै २ वर्षीय छोरीलाई १२ सय डलरमा बेच्न खोजेपछि…

टेक्सास, अमेरिका । पत्याउन नसकिने घटना । सोच्न पनि नसकिने ।

तर यो संसार विचित्रको छ । कहिलेकाहिँ मनले विश्वास नै गर्न नसकिने घटना सुन्नुपर्छ, पढ्नुपर्छ ।

सराह पिटर्स, २४ वर्षीय महिला । अमेरिकाको हाउस्टनबाट ४० माईल उत्तरमा पर्ने कोन्रोईमा बस्दै आएकी, अहिले ४० वर्षको जेल सजाय काट्न पुगेकी छिन् ।

उनको अपराध सामान्य छैन । उनले आफ्नै दुई वर्षीय छोरी एकजना व्यक्तिलाई अनलाइनमार्फत बेच्न खोजिन ।

अमेरिकी डलर १२ सय लिएर दुई वर्षीय छोरीलाई यौन सम्पर्कका लागि बेच्न खोजेको अभियोगमा उनी जेल चालान भएको एबिसी १३ न्यूजले जनाएको छ ।

“गत फेबु्रअरीमा छोरी बेच्ने सम्झौता नै भइसकेको रहेछ ।” अधिकारीलाई उद्दृत गर्दै समाचारमाध्यमले उल्लेख गरेको छ ।

मोन्टोगोमेरी जिल्ला काउण्टीका अधिवक्ता ब्रेट लिगनले जारी गरेको समाचार विज्ञप्ती अनुसार, ती पुरुषले महिलालाई १२ सय डलर दिने वाचा गरेको थिए । यसको प्रतिफलमा युवतीले आफ्नो दुई वर्षीय छोरीसँग यौन सम्पर्क राख्न दिन सहमत भएकी थिइन ।

तर दुई वर्षीय अवोध बालिका यौनहिंसामा पर्नबाट भने संयोगले जोगिइन । भइदियो के भने उनले जुन मानिससँग छोरी बेच्न खोजेका थिए, ती व्यक्ति भने जेरी सेराट भन्ने जासुस थिए । सेराट उक्त क्षेत्रमा कानुनको पालना गर्नका लागि बनाईको टास्क फोर्सका सदस्य थिए ।

महिलालाई ग्रेहोन्ड बसपार्कमा पक्राउ गरिएको थियो ।

सेराटसँगको प्रारम्भिक कुराकानीमा ती महिलाले दुई वर्षीय छोरीसँग मस्ती गर्न खोज्ने कोही पुरुष मान्छे भए खोजिदिनु भनेर भनेकी थिइन ।

यतिमात्रै होइन, उनले आफ्नै छोरीका नांगा तस्वीर समेत सेराटलाई पठाएकी थिइन ।

उनले सरकारी जासुससँग कुराकानी भइरहेको पत्तै पाइनन्. । यदि सेराटको साटो कोही अरु व्यक्तिसँग उनले सम्झौता गरेको भए उनकी दुई वर्षी छोरीको अवस्था के हुन्थ्यो होला, कल्पना पनि गर्न सकिन्न ।

गत फेबु्रअरीमा पक्राउ परेकी महिलालाई अहिले ४० वर्षको जेल सजाय भएको हो । उनीमाथि बालबालिकालाई वेश्यावृत्तिमा धकेल्न खोजेको संगीन आरोपमा सजाय भएको हो ।

कमेन्ट गर्नुहोस्