गरिब परिचयपत्र वितरण शुरु

कपिलवस्तु, असार २९ । सरकारले कपिलबस्तुबाट गरिब घरपरिवार परिचय पत्र वितरण शुरु गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका ६ डुमरामा शुक्रबार गरिब घरपरिवार परिचय पत्र वितरण गरेर अभियान सुरु गरेका हुन ।

आजैबाट देशका २६ जिल्लामा पहिलो चरणमा घरपरिवार परिचयपत्र वितरण सुरु गरिएको छ । बाँकी ५१ जिल्लामा भने आगामी दुई वर्षभित्र परिचय पत्र वितरण गर्ने लक्ष्य सरकारले लिएको मन्त्री खनालले जानकारी दिए ।

अति गरिबका लागि रातो कार्ड, सामान्य गरिबका लागि पहेलो कार्ड र गरिबका लागि निलो कार्ड गरी तीन किसिमका कार्ड वितरण गरिएको छ । यो परिचय पत्र गर्नेले तत्काल कुनै सुविधा पाउने छैनन् । तर सरकारलाई नीति तथा कार्यक्रम बनाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्