गंगामायाले तोडिन् अनशन

काठमाडौं, असार २९ । वीर अस्पतालमा गएको जेठ १५ बाट अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकी छन् ।

छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले सरकारले पूर्वसम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार अपरान्ह अनशन तोडेकी हुन ।

अधिकारीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका थिए ।

कमेन्ट गर्नुहोस्