थाइ गुफाबाट सकुशल उद्धारपछि बाँकी टिमले थाल्यो अभ्यास खेल

एजेन्सी । १६ दिनसम्म थाइल्याण्डको एक गुफामा फसेको फुटबल टोलीको सकुशल उद्धारपछि अहिले खबरले विश्वभरी निकै चर्चा पाएको छ । १३ सदस्यीय उक्त टोलीलाई केहीदिन अघिमात्रै उक्त गुफाबाट सकुशल उद्धार गरिएको हो । अहिले उद्धार गरिएको फुटबल टोली फेरि पूरानै दिनचर्यामा फर्कने प्रयासमा छ । उक्त फुटबल टोलीले अभ्यास पनि शुरु गरिसके छ ।

‘वाइल्ड बोर्स’ का बाँकि सदस्यले आफ्ना साथीहरु सुरक्षित फर्किएकाले फेरि फुटबल अभ्यास शुरु गरेका छन् । २३ जुलाइमा फुटबल अभ्यासका खेलिसकेपछि वर्षाबाट जोगिनका लागि यो टिमका १२ सदस्य र एक फुटबल प्रशिक्षक थाइल्याण्डको लुअंगा गुफामा पुगेका थिए । भारी वर्षाका कारण फुटलटोली रहेको गुफामा पानीको वहाव बढेपछि उनीहरु त्यहिँ फसेका थिए । उनीहरुलाई संसारभरीका दक्ष ९० जना गोताखोरीको मद्दतले अहिले गुफाबाट निकालिएका छन् ।

गुफाबाट उद्धार गरेपछि अहिले उक्त फुटबल टोलीका सदस्यको अस्पतालमा स्वास्थ्य परिक्षणको कार्य भइरहेको छ । गुफामा फसकेका अधिकांश बालक ११ देखि १६ उमेर समूहका थिए । टिमका सबै सदस्य जिवीतै रहेको खबर सुन्ने वित्तिकै को ‘वाइल्ड बोर्स’ को बाँकि टिमले अभ्यास स्थिगत गरेको थियो । बिहिबारदेखि फेरि स्थिगत गरिएको अभ्यास खेल शुरु भएको छ ।


वाइल्ड बोर्सका प्रमुख प्रशिक्षकले भनेका छन्, ‘आफ्ना सहकर्मी सुरक्षित भएको खबर मिलेपछि अन्य सदस्य खूब उत्साहपूर्वक अभ्यास सत्रा सहभागि भएका छन् । मेरो प्राथना छ गुफाबाट उद्धार गरिएका टिमका सदस्य छिटो स्वस्थ हुन् र मैदान प्रवेश गरुन् ।’ -एएफपी

कमेन्ट गर्नुहोस्