पूर्वराज्य मन्त्री मुस्ताक आलमको निधन

काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वराज्यमन्त्री मो. मुस्ताक आलमको निधन भएको छ । बाँसवारीमा रहेको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा शुक्रबार साँझ ६ बजे उनको निधन भएको हो ।

उनी २०७० सालको संविधान सभा निर्वाचनमा रौतहटबाट निर्वाचित भई स्वास्थ्य राज्यमन्त्री बनेका थिए। प्रधानमन्त्ती ओलीले एक शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको बताएका छन्।

अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरिरलाई आज बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राखिने विज्ञप्तिमा जनाइएको छ।

कमेन्ट गर्नुहोस्